सेन्ट्रल भ्यालीलालाइ उपाधि

पोखरा
लायन्स क्लब अफ पोखरा सेन्ट्रल भ्याली पोखरामा सम्पन्न डिस्ट्रिक्टस्तरीय आठौं अन्तरलायन्स मैत्रीपूर्ण भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनको आयोजनामा शुक्रबार भएको फाइनल खेलमा लाइन्स क्लब अफ पोखरा मुनाललाई ३–१ को सेटमा पराजित गर्दै सेन्ट्रल भ्याली च्याम्पियन बनेको हो।पहिलो सेट २५–१८, दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको सेन्ट्रल भ्यालीले तेस्रो सेट १८–२५ ले मुनाललाई सुम्पियो। बेस्ट अफ फाइभका आधारमा खेलाइएको सोखेलमा चौथो सेट २५–१७ ले जित्दै सेन्ट्रल भ्यालीले उपाधिसहित रनिङशिल्ड हात पार्न सफल भयो।

यस्तै तेस्रो स्थानको लागि भएको खेलमा लाइन्स क्लब अफ गोल्डेन चौतारीले लायन्स क्लब अफ पिससिटीलाई २५–२३ र २५–१४ को सोझो सेटमा पराजित ग¥यो। यसैगरी सेन्ट्रल भ्यालीकै ुशील लामा बेस्ट ब्लकर, सेन्ट्रल भ्यालीका टहलसिंह थापामगर बेस्ट स्पाइकर, मुनालका धर्म लामिछाने बेस्ट सर्भर, मुनालकै दीपक गुरुङ बेस्ट सेटर, गोल्डेन चौतारीकाविशालखड्का बेस्ट डिफेण्डर, लायन्स क्लब अफ पिसचौतारी अनुशासित टीम तथा लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउन पोशाकमा उत्कृष्ट घोषित भए।
१६ वटा क्लबको सहभागिता रहेको प्रतियोगितामा विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि लायन्स क्लब अफ नेपालका मल्टीपल आईपीएफसीसी दीपक श्रेष्ठ, योगेन्द्रबहादुर प्रधान, धनराज आचार्य, सम्मरबहादुर श्रेष्ठ, कार्यक्रम संयोजक, पोखरा उपमहानगरपालिका कानुन अधिकृत एवं क्षेत्रीय भलिबल सङ्घका सल्लाहकार नारायणप्रसाद शर्मा, नेपाल भलिबल सङ्घका केन्द्रीय सचिव रामनाथ भण्डारी, सदस्य डीबी नेपाली, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल र  रेफ्री संयोजक राजकुमार गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए।

Comment