पोखरा र काठमाडौंलाई सफलता

पोखरा प्रिमियर लिग (पिपिएल) को सोमबार भएका खेलमा पोखरा पल्टन र हुलास काठमाडौँ रोयल्सले जित हात पारेका छन् । पोखराले चितवन राइनोजलार्ई पाँच विकेटले पराजित गरेको हो ।
चितवनले छाडेको १४१ रन पछ्याउने क्रममा पोखराका रवीन्द्र सिंहले ४८ बलमा ६५ रनको योगदान गरे । विजयी पोरखाले १७ .२ ओभरमा पाच विकेटको क्षतीमा लइ पुरा गरेको हो । यसअघि चितवनले २० ओभरमा पाँच विकेट गुमाएर १४० रन जोडेको थियो ।
अर्को खेलमा काठमाडौँले विराटनगर टाइटन्सले दिएको १५० रनको विजयी लक्ष्य अन्तिम ओभरको दोस्रो बलमा पुरा गरेको थियो । टोलीलाई जित दिलाउने क्रममा अमर राउटेलाले अन्तिम ओभरमा छक्का प्रहार गरेका थिए । यस अघि विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोड्न सफल भएको थियो ।

Comment