दिक्षा र भूमिका फाइनलमा

tt
आदर्श विद्या मन्दिर (एभीएम) की दिक्षा तामाङ र डिएभीकी भूमिका थापा शहीद कप यु–१४ राष्ट्रव्यापी खुला टेबलटेनिस प्रतियोगिताको गल्र्स सिंगल्सतर्फ शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको सेमिफाइनलमा दिक्षाले प्रभातकी अन्जु सुवाललाई ११–६, १२–१० र ११–५ तथा भूमिकाले प्रोक्सिमाकी सोनिया तामाङलाई ११–३, ११–६ र १२–१० को सोझो सेटमा पराजित गरे ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा एभीएमका रितिज जोशी र आशिष शर्मा, सुनसरीका प्रणील राई, महावीर चौधरी र सुबोध राई, ललितपुर जिल्ला टेबलटेनिस संघका एलेक्स महर्जन तथा प्रोक्सिमाका रेखन तामाङ क्वाटरफाइनलमा पुगे । एक खेलाडी क्वाटरफाइनल पुग्न बाँकी छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले खेल खेली संयुक्त रुपमा उद्घाटन गरे ।
दुई स्पर्धा समावेश प्रतियोगितामा ६१ ब्वाइज र ३५ गल्र्स सहभागी छन् । दुवै समूहमा पहिलो हुनेले ५ हजार, दोश्रोले २ हजार ५ सय र तेश्रो हुने दुई खेलाडीले १÷१ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Comment