नासाको नया योजना

काठमाडौँ इञ्जिनियरिङ्ग कलेज कालिमाटीले नेपाल अटोमोवाइल्स एसोसिएसनसंगको सहकार्यमा हन्ड्रड्स युथ फर फ्युचर अभियान संचालन गर्ने भएको छ ।
काठमाडौँ इञ्जिनियरिङ्ग कलेजको पूर्ण व्यवस्थापनमा हुने यो अभियान ५ अक्टुबरबाट शुरु भई जनवरीमा सकिने छ । अभियान अन्तर्गत पहिलो चरणमा काठमाडौँ इञ्जिनियरिङ्ग कलेज तथा अन्य इञ्जिनियरिङ्ग कलेजमा आधारित रहेर इच्छुक विद्यार्थीलाई समेटेर मोटर स्पोर्ट्स , ड्राइभ टुरिजम , अटो रोबोटिक्स, इनोभेसन तथा सडक सुरक्षाबारेमा छोटो जानकारी दिइने छ।
दोस्रो चरण अन्तरगत ति इच्छुक बिद्यार्थीहरुमध्येबाट लिखित परिक्षाको आधारमा १०० जना छनोट गरिने छ । तेस्रो चरणमा छनौट भएका बिद्यार्थीलाई उनीहरुले प्राप्त गरेको नम्बर तथा विषयको आधारमा ३ क्षेत्रमा विभाजन गरिनेछ ।

Comment