आर्मीका विमला र पुनम पहिलो

आर्मीका बिमला श्रेष्ठ र पुनम रावल आसन्न विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने भएका छन् । आगामी नोभेम्बर १४ देखि २५ सम्म भारतको नयाँ दिल्लीमा वाइवा विश्व महिला बक्सिङ च्याम्पियनसिप सुरु हुँदैछ । नेपालबाट ५१ केजीमूनि विमला तथा ६० केजीमूनि पुनमले प्रतिस्पर्धा गर्नेछन् । विश्व च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगितामा ५१ केजीमूनि तौलसमूहमा त्रिभुवन आर्मीकी बिमला श्रेष्ठ र ६० केजी तौलसमूहमा आर्मीकै पुनम रावल छनोट भएका छन् ।
सातदोवाटोस्थित रिङमा दुई दिनसम्म चलेको छनोट प्रतियोगिताको फाइनलमा मंगलबार बिमलाले आफ्नै बिभागकी मनु गुरुङलाई ५–० अंकका आधारमा पराजित गरिन् ।
त्यस्तै ६० केजीतर्फ आर्मीकी पुनमले प्रतिस्पर्धात्मक खेलमा एपीएफकी संगीता सुनारको चुनौति ३–२ अंकका आधारमा पन्छाइन् ।
यसबीचमा पुनम र विमलालाई खेलकुद प्रवद्धन संस्थाका पुस्करराज पन्त र बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरको विमदा र पुनमलाई नगद ५–५ हजारले प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । छनोट हुन सफल खेलाडीलाई राखेप सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,गुरु सुरेशसिंह आलेलगायतको उपस्थिति रहेको थियो ।

Comment