प्रिन्स दुवईं जुनियर इन्टरनेसनल सिरिजको प्रि–क्वाटरफाइनलमा

नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज अन्तर्गतको पुरुष यु–१५ तर्फ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवईंमा बिहिबार भएको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले युएईंका प्रनव प्रविनलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएका हुन् । प्रिन्स शुरुवात देखि नै प्रनवमाथि हावी बनेको थियो । पहिलो सेटमा २१–२ को सहज जित निकालेको प्रिन्सले दोस्रो सेटमा २१–८ को सहज जित निकाल्न सफल भयो ।

उनले पहिलो चरणमा वाई पाएको थियो । सिरिजमा सहभागिता जनाउने उनी एक्ला नेपाली खेलाडी हुन् । उनले खेल तालिकामा पहिलो सिड प्राप्त गरेका थिए । बुधबारबाट शुरु भएको सिरिज आइतबारसम्म चल्नेछ । सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।गत आइतबार मात्रै तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यु–१५ पुरुषतर्फ च्याम्पियन बनेको प्रिन्सले शुक्रबार युएईंकै धनवान्थ राहभानसँग खेल्ने छन् ।

Comment