एन्जलहार्ट क्वाटरफाईनलमा

seb school
प्रथम ओपिएस  सेब जुनियर पुरुष अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा एन्जलहार्ट क्वाटरफाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा एन्जलहार्टले एन्जल्स हार्टले न्यूटन स्कुललाई ४१ –१७ को अन्तरमा पराजित गर्दा  दिपेश छन्त्यालले १४ स्कोर गरे । सामाखुशी स्थित सेब स्कुलमा भएको अन्य खेलमा जित निकाल्दै ग्रिनल्याण्ड चिल्ड्रेन एकेडेमी, मन्जरी स्कुल र पुष्पकुञ्ज पनि अन्तिम आठमा पुगे । ग्रिनल्याण्ड चिल्ड्रेनले ज्ञान मन्दिर स्कुललाई १९–८ को अन्तरमा हरायो । त्यसैगरि मन्जरी स्कुलले हिमरश्मी स्कुललाई १८–१२ ले पराजित गर्दा पुष्पकुञ्जले सृजना स्कुललाई २४–८ ले हरायो ।

Comment