रोचकले जिते वाकाथन

रोचक अधिकारीले बिश्वविद्यालय खेलकुदको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको वाकाथनमा पहिलो स्थान हात पार्न सफल भएका छन् । उनले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त गरे । बिश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा भएको २ कि.मि.को वाकाथन प्रतियोगितामा दोश्रो स्थानमा संजय बहादुर श्रेष्ठ र तेश्रो स्थानमा सम्राट बम रहे । उनीहरुले क्रमश ः नगद ३ र २ हजार तथा प्रमाण पत्र प्राप्त गरे ।

बानेश्वरस्थित ग्लोबल कलेजका बिद्याथी खेलाडीविच भएको प्रतियोगितामा गल्र्स तर्फ स्विकृती लिम्बु प्रथम, रोशनी हाडा द्वितीय र प्रितिका श्रेष्ठ तृतीय भएका थिए । यस अघि कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका सदस्य एकेन्द्र कुँवरले उद्घाटन गरेका थिए । कँुवरले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

अन्तराष्ट्रिय बिश्वविद्यालय खेलकुद महासंघले सेम्टेम्बर २० तारिखलाई अन्तराष्ट्रिय दिवसको रुपमा मनाउंदै आएको छ । त्यसै अनुरुप बिश्वविद्यालय खेलकुद महासंघले पनि विविध कार्यक्रम सहित उक्त दिवसलाई मनाउने क्रममा वाकाथन र सेमिनारको आयोजना गरेको थियो ।

यसका साथै बानेश्वरस्थित ग्लोबल कलेजमा संघले सेमिनारको आयोजना गरेको थियो । मित्र राष्ट्र भारत र बंगलादेशका प्रतिनिधीहरुको समेत उपस्थिती रहेको सेमिनारमा अन्तराष्ट्रिय बिश्वविद्यालय खेलकुद महासंघले खेलकुद क्षेत्रमा पु¥याएको योगदान, भाईचारा र अन्तरसम्वन्ध, बिश्वविद्यालय खेलकुदको विकास र विस्तार, बिश्वविद्यालयका विद्यार्थीहरुका विच भाईचारा र साँस्कृतिक आदान प्रदानका, खेलकुद प्रतियोगिता र सहभागीता एवं कमिकमजोरीका साथै आगामी दिनमा बिश्वविद्यालय खेलकुदले पु¥याउनु पर्ने योगदानका बारेमा विभिन्न प्रतिनिधीहरुले विचार ब्यक्त गरेका थिए ।

Comment