नाउलिनमा टेनिस च्याम्पियनसीप

जुनियर टेनिस इनीसेटिभको तत्वाबधानमा नाउलिन स्पोर्ट्स भिल्ला टेनिस प्रतियोगिता हुने भएको छ । ७ देखि १३ अक्टोबरसम्म हुने प्रतियोगिताका लागि इच्छुक विद्यालय र खेलाडीले ३ अक्टोबरसम्म नाम दर्ता गराइ सक्ने भिल्लाका प्रमुअ किशोर थापाले बताएका छन् । नाउलिन भिल्ला अत्याधुनिक स्तरको टेनिस कोर्ट सहितको प्रशिक्षण केन्द्रको रुपमा परिचित छ ।
प्रतियोगिताका लागि एकलमा ७ सय तथा युगलमा १ हजार रुपैया दर्ता शुल्क राखिएको छ । साथै मिनी टेनिसका लागि ४ सय रुपैया राखिएको छ ।

Comment