१४औं राष्ट्रिय तेक्वान्दो प्रतियागिता सुरु

itfedited
काभ्रे जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनामा  शहिद दिवसको अवसर पारेर १४औं राष्ट्रिय तेक्वान्दो प्रतियागिता काभ्रेमा शुक्रबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा र  नेपाल आईटिएफका का.बा. अध्यक्ष श्री अन्जुनाथ श्रेष्ठ लगायतले उद्घाटन गरे ।
दुई दिन सम्म सन्चालन हुने  प्रतियोगितामा ५ बिकास क्षेत्रबाट ५ टिम, र बिभागिय २ नेपाल आर्मी र ए.पी.एफ गरी जम्मा ७ टिमको सहभागिता रहेको प्रतियोगितामा १०५ खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुष एकल स्पाइरिङ्ग तर्फ ९ इभेन्ट र महिला एकल स्पाइरिङ्ग तर्फ ६ इभेन्ट गरी जम्मा १५ इभेन्ट र  व्यक्तिगत प्याट्रन महिला÷पुरुष तर्फ हरियो,निलो,रातो,कालो पेटी प्रथम डान र कालो पेटी दोस्रो डान ५ विधा र ग्रुप प्याट्रन गरी कुल ३५ स्वर्ण, ३५ रजत र ३० कास्य पदकका लागि प्रतिस्प्रधा हुदै छ ।
यस प्रतियोगितामा प्रथम हुन सफल हुने सम्पूर्ण खेलाडीहरु राष्ट्रिय टिमका लागि छनौट हुनेछन् ।
पहिलो दिन  पुरुष  तर्फको ४५—५० के.जी तर्फ पुर्वान्चलका पुर्ण बहादुर मगरले स्वर्ण, पश्चिमाञ्चलका दिपक गौतमले रजत र मध्यमान्चलका प्रज्वल गड्तौला तथा नेपाल आर्मीका रुपक गिरीले कास्य पदक जितेका छन । भने महिला तर्फ ४०—४५ के.जी. तर्फ ए.पी.एफका सन्तोषी दाहाल (राई)ले स्वर्ण, पुर्वान्चलका म्युजिता खतिवडाले रजता र मध्यमान्चलका सोनी खड्का तथा मध्यपश्चिमका  चन्द्रिका थापाले कास्य पदक जितेका छन् । त्यसै गरि महिला ४६—५० के.जी. तर्फ  मध्यमान्चलका तुलसी थापा मगरले स्वर्ण, मध्य पश्चिमान्चलका   सुष्मा भोम्जनले रजत र ए.पी.एफका बबिता राजथला तथा पुवान्चलका कला राईले कास्य पदक जितेका छन् ।

Comment