नेपालको फराकिलो जित , पुनरागमनलाई सार्थक तुल्याउदै निराजन

नेपाल साफ सुजुकी कप फुटबल प्रतियोगितामा सेमिफाइनल प्रबेशको सम्भावना कायम राखेको छ । बिहिबार बंगबन्धु रंगशालामा भएको दोश्रो खेलमा भुटानलाई ४–० ले पराजित गरेको हो । अनन्त तामाङको गोलमा अग्रता लिएको नेपालका लागि सुनिल बल, भरत खवास र निराजन खड्काले थप गोल गरे ।
बिहिबार भएको अर्को खेलमा बंगलादेशले पाकिस्तानलाई १–० ले पराजित गरे पछि नेपालका लागि दोश्रो चरण प्रबेशका लागि जित नै अपरिहार्य रहेको छ । शनीबार बंगलादेशसंगको बराबरीले दाश्रो चरण प्रबेश गर्नका लागि यस भन्दा अघि हुने पाकिस्तान र भुटान विचकको खेलको नतीजा नेपालको अनकुल रहनु पर्ने छ ।
बिहिबारको खेलको २१ ओ मिनेटमा अनन्तले कर्नरमा हेड गोल गर्दै नेपाललाइृ अग्रता दिलाएका थिए । उतराद्र्धमा नेपालले गरेको थप तीन गोलमा बैकल्पीक खेलाडी निराजन खड्काको भुमिका महत्वपूर्ण रह््यो । निराजनलाई लडाइए पछि प्राप्त पेनाल्टी विमलले गोल गर्न नसके पनि रिबाउन्डमा सुनिल बलले ७१ औ मिनेटमा गोल गरे । बैकल्पीक खेलाडी भरतले नै ७९ औ मिनेटमा अर्को गोल गरे भने८८ औ मिनेटमा निराजनले एकल प्रयासमा अर्को सानदार गोल गरे ।
खेल पछि नेपाली टोलीका प्रशिक्षक बालगोपाल मर्हजनले टोलीको खेल सुधारिएको र योजना अनुसार हुदै आएकाले बंगलादेशमाथि जित हात पार्दै अर्को चरण प्रबेश गर्नेमा बिश्वास ब्यक्त गरे । नेपालको जितमा महत्वपूर्ण भुमिका निर्बाह गरेका निराजन पाच बर्ष पछि राष्ट्रिय टोलीमा फर्कीएका हुन् । यस अघि नेपालले लामो बर्षको उपाधि हिन यात्रा पार गर्दै प्रधानमन्त्री कपको उपाधि जित्दा पनिनिराजन टोलीका महत्वपूर्ण सदस्य थिए ।

Comment