साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपाल पराजित


नेपालले साफ सुजुकी कप च्याम्पियनसीप फुटबल प्रतियोगितामा पराजयको सामना गरेको छ । मंगलबार बंगबन्ध रंगशालामा भएको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई २–१ ले पराजित गरेको छ । पाकिस्तानलाई जित दिलाउने क्रममा मोहम्मद अलीले अन्तिम समयमा गोल गरे । यस अघि पूवाद्र्धमा हसन नसिदले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई अग्रात दिलाएका थिए भने नेपालका लागि नियमित समय सकिन आठ मिनेट बाकी रहदा विमल घर्तीमगरले गा्ल गरेका थिए ।
अधीक समय खेललाई आफ्नो नियन्त्रणमा राखे पनि नेपालले पराजयको सामना गरेको हो । सुरुवात देखि आक्रमक रहेको नेपालका विराज मर्हजनले हसनलाई फल गरे पछि पाकिस्तानले पेनाल्टीको अबसर पाएको हो ।
नेपालले उतराद्र्धमा निराजन खड्कालाई मैदानमा उतारे पछि खेलले अर्को गती लिएको थियो । साथै नेपालको आक्रमण ब्यबस्थित देखिएको थियो ।


बराबरी गोल पछि नेपाल अर्को गोल गर्न केन्द्रित भइरहदा पाकिस्तानले फाट्टफुट अबसर पाएको हो । यस अघि ७५ औ मिनेटमा पाकिस्तानका सब्दुल्लाले प्रत्याक्रमणमा मौका पाए पनि उनको प्रहार बारमा लागेको थियो । नेपालका सुजल श्रेष्ठ र सुसमन अर्यालका केही राम्रो प्रहारलाई पाकिस्तानी गोलरक्षक युसुफ दाज बटले जोगाएका थिए । समुहको अर्को खेलमा बंगलादेशले भुटान माथि सुरुवाती अग्रता लीएको छ । खेल जारी छ ।

Comment