खालीबारी एफसी च्याम्पियन

१५ औ दिनेस स्मृती गाइजात्रा फुटबल प्रतियोगिताको उपाधि खालीबारी एफसीले जितेको छ । उपाधि जित्ने क्रममा खालीबारीले फाइनलमा आयोजक नमुना खेलकुद क्लबलाई टाइब्रेकरमा २–१ ले पराजित गरेको हो । उपाधि विजेताले २० हजार तथा उपविजयीले १० हजार रुपैया पुरस्कार पाए । पेनाल्टी सुटआउट टाइटल प्राइज झम्सीखेल एफसीले ५ हजार रुपैया पुरस्कार पायो ।
विजेतालाई प्रमुख अतिथी प्रदेश सभा सदस्य लाल कुमारी पुन र एट्स कम्पनीका सिइओले पुरस्कार वितरण गरे । प्रतियोगितामा उपविजयी टोलीका पासाङ लामा उत्कृष्ट खेलाडी तथा खालीबारीका आशिष तामाङ उत्कृष्ट गोलरक्षक घोषित भए ।
रुस्लानको मुख्य प्रायोजन रहेको प्रतियोगितामा एट्स सह प्रायोजक रहेको थियो । प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।

Comment