राष्ट्रव्यापी टेटे शुक्रबारदेखि

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा शहीद कप यु–१४ राष्ट्रव्यापी खुला टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ । काठमाडौं जिल्ला टेबलटेनिस संघको संयोजनमा हुने दुईदिने प्रतियोगितामा जम्मा १ सय २५ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक एवं टेबलटेनिस प्रशिक्षक धर्ममान वज्राचार्यले जनाएका छन् ।
ब्वाइज र गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ । दुवै समूहमा पहिलो हुनेले ५ हजार, दोश्रोले २ हजार ५ सय र तेश्रो हुने दुई खेलाडीले १÷१ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Comment