पौडी टोली थाइल्यान्ड प्रस्थान


इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली पौडी टोली बैदेशिक प्रशिक्षणका लागि शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ । २ महिला खेलाडी र १ प्रशिक्षकसहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
खेलाडीमा गौरिका सिंह र टीसा शाक्य रहेका छन् । प्रशिक्षकमा ओङडेन लामा छन् । भदौ २ देखि सुरु हुने एसियाडको पौडीमा २ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन् । शिरीश गुरुङ र शुभम् श्रेष्ठ फुकेटमै प्रशिक्षणरत छन् ।
एसियाडअन्तर्गत पौडी अगष्ट १९ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ । टोली अगष्ट १५ मा इन्डोनेसिया पुग्नेछ ।

Comment