तामाङको अध्यक्षतामा उसु

नेपाल उसु संघ केन्द्रीय साधारण सभा तथा निर्वाचनले वीर बहादुर तामाङको अध्यक्षतामा १६ निवाचित र १२ जना मनोनित गरी कुल २८ जनाको केन्द्रीय कमिटी निर्माण गरेको छ । कमिटीमा रिक्त रहेको स्थान आगामी कार्यसमितिको बैठक बाट पूर्ण हुने जनाइएको छ । कार्य समितिमा जनक बर्तौला सह अध्यक्ष, प्रनिल ध्वज कार्की, दीपक लामा, हरी थापा, शंकर थापा, विष्णु चन्द, दुष्यन्त बस्नेत, नानीबाबु तामाङ र राजीव महर्जन उपाध्यक्ष रहेका छन् । लाक्पा छिरिङ लामा महासचिव, राजेन्द्र श्रेष्ठ सचिव, लानम लामा कोषाध्यक्ष र ऋतु ग्यमदन सह कोषाध्यक्ष रहेका छन् । श्याम कृष्ण श्रेष्ठ, जंग बहादुर लामा, लबा ढुंगाना, राजेन्द्र कुमार राई, भोज राज भट्ट,शुभ राम मुनानकर्मी, सन्तोष बराइली,कृष्ण लामा, भक्त थापा, रती लामा, अम्बर कुमार थिङ, सुन्दर लामा, निर्मल लामा, नारायण गिरी सदस्य रहेका छन् ।
यस अघि राखेपका सदस्य सचिव एबं नेपाल उसु संघका केन्द्रीय अध्यक्ष केशव कुमार विष्टले उदघाटन गरेका थिए । सो कार्यक्रममा प्रदेश सभा एककी सदस्य कुसुम कुमारी श्रेष्ठ, राखेप का कोषाध्यक्ष शैलेश कर्माचार्य, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका विभिन्नसँग संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । साधारण सभामा ४८ जिल्ला र केन्द्रका २९ जना प्रतिनिधी सहभागि थिए । उद्घाटन गर्ने सदस्य सचिव विष्ट आफै तदर्थ कमिटीका अध्यक्ष थिए । उनी बन्द सत्रमा भने उपीश्थत भएनन् ।
समाचार श्रोतका अनुसार उनी आफै अध्यक्ष हुन चाहन्थे । उनले आफू सर्वसम्मत अध्यक्ष हुन राखेको चाहना भने पुरा हुन सकेको थिएन । विगतमा उसु गतीबीधीमा नरहे पनि राजनितीक आडका कारण साधारण सभा हलसम्म पुग्ने हैसियत बनाएका धेरैले तामाङलाई उम्मेदवारी फीर्ता लिन दिनभर दवाव दिएका थिए ।

Comment