सेब क्वाटर फाईनलमा

seb15
प्रथम ओपीएस सेब जुनियर ब्वाईज अन्तरविद्यालय बास्केट बल प्रतियोगितामा आयोजक सामाखुसी बोडिङ स्कुल (सेब) लगातार दोश्रो जित दर्ता गदै क्वाटर–फाईनलमा प्रवेश गरेको छ । बिहिवार भएको खेलमा सेबले एन्जलहार्ट माथी २०–१९ को रोमाञ्चक जित निकाल्यो । सेबलाई जिताउन राम तामाङ नायक भए । उनले उत्कृष्ट प्रर्दशन गदै ४ थ्री प्वाईन्ट सहित महत्वपूर्ण १६ अंक जोडेका थिए ।
सामाखुसी स्थित सेब स्कुलमा भएको अन्य खेलमा मनास्लु,हिमरश्मी र पुष्पकुन्जले पनि सफलता हात पारेका छन् । मनास्लुले जिसिएलाई १३–५ ले हरायो । त्यस्तै हिमरश्मीले मस्यार्दीलाई ५–४ तथा पुष्प कुन्जले पिएनएलाई ९–२ ले हराएका थिए ।

Comment