ह्याण्डवल संघका अध्यक्ष गुरुङ्ग दोहा प्रस्थान

tej gurung
नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज गुरुङ्ग कतारको राजधानी दोहामा भइरहेको २४ औं विश्व ह्याण्डवल प्रतियोगिताका लागि विहिवार त्यस तर्फ प्रस्थान गरेका छन् । अन्तराष्ट्रिय ह्याण्डवल महासंघको निमन्त्रणामा अध्यक्ष गुरुङ्ग दोहा प्रस्थान गरेको ह्याण्डवल संघले जनाएको छ । यहि जनवरी १५ तारिख वाट फ्रेवुरअरी १ सम्म कतारको राजधानी दोहामा २४ औ पुरुष विश्व ह्याण्डवल प्रतियोगिता सञ्चालन भइरहेकोछ ।
अध्यक्ष गुरुङ्गले सो अवसरमा अन्तराष्ट्रिय ह्याण्डवल महासंघका अध्यक्ष डा. हसन मुस्ताफा संग भेट गर्ने र  नेपालको ह्याण्डवल खेल बिकासका लागि छलफल गर्नुहुने ह्याण्डवल संघले जनाएको छ । त्यसै गरि उनले एशियाली ह्याण्डवल महासंघका अध्यक्ष र कतार ह्याण्डवल फेडेरेशनका अध्यक्ष लगाएत अन्य मुलुकका अध्यक्ष लगाएत अन्य विशिष्ट पदाधिकारीहरु संग भेट गरि नेपालको ह्याण्डवल खेल विकासका विषयमा समेत कुराकानी गर्ने छन् । अध्यक्ष गुरुङ्गलाई ह्याण्डवल संघका महासचिव विश्व वम मल्ल लगाएत ह्याण्डवल संघका पदाधिकारीले विदाई गरेका थिए ।

Comment