पर्यटन विकासका लागि दौड


नेपालमा पर्यटन विकासका लागि डल्लु आवास स्थानीय सहयोग समितिले बिश्व युवा दक्षता दिवसको सन्दर्भमा सम्पदा दौडको कार्यक्रम गरेको छ । बिश्व सम्पदा क्षेत्र परेकोे स्वयम्भुको भुईखेलबाट शुरू भएको उक्त कार्यक्रम भिमसेनस्थान, काष्ठमण्डप, हनुमानढोका, ईन्द्रचोक, मच्छिन्द्र बहाल, असन, डल्लु, धिमेल्वह र स्वयम्भु परिक्रमा गरेर स्वयम्भु स्तुपामा दौड कार्यक्रम समापन भएको थियो ।
विश्व युवा दक्षता दिवसको सन्दर्भमा पारेर गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनालले समाज र राष्ट्रको हरेक विकासका लागि युवाहरू जुझारूका साथ आफ्नो दक्षता प्रयोग आवश्यक रहेको बताए । यसै सन्दर्भ पारेर हरेक युवा आआफ्नो कार्यमा दक्ष भई अगाडी बढ्नु पर्छ भनी शुभकामना दिए । उक्त कार्यक्रममा बिभिन्न जिल्लाहरू, डोजोहरू र संस्थाहरूबाट प्रथम, द्वितिय र तृतिय हुनु भएका खेलाडीहरूलाई प्रमुख अतिथि पुर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । सो अबसरमा अध्यक्ष श्रेष्ठले कार्यक्रमको महत्वबारे दर्शाउनु भएको थियो ।
नेपालका प्राचिन पौराणिक सम्पदाहरुलाई पहिचान सहित विश्व सामु चिनाउने उद्देश्यका साथ समाज वा राष्ट्रको बिकासमा टिम वर्क नभई केहि गर्न सकिदैन भन्ने अभिप्रायले सामुहिक रुपमा ५ जनाको एक समुह बनाएर सम्पदा दौड प्रतियोगिता आयोजना गरेको डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले जानकारी दिए । उक्त सम्पदा दौड हरेक वर्ष गरी प्रत्येक वर्षको कार्यक्रममा विदेशी खेलाडीहरूलाई सहभागी गराउँदै जाने कुरा बताउनु भयो । कार्यक्रमको सभापतित्व डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले गरेका थिए ।

Comment