सुमित्रा र नन्जा सेमिफाईनलमा

प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मीकी सुमित्रा बिक र एपीएप्ःकी नन्जा बुढामगर सेमिफाईालमा प्रबेश गरेका छन् । प्रतियोगिताको तेश्रो दिन महिला ४८ केजीको क्वाटरफाईनल खेलमा सुमित्राले झापाकी रोशिना लिम्बुलाई तथा नन्जाले नक्शालकी सुस्मा तामाङलाई हराउदै सेमिफाईनलमा स्थान पक्का गरेका छन् । ४८ केजी तौल समूहमा अल्फाकी बिमला थापामगरले बाकेकी रिता दरलालाई तथा एपीएफकी साबित्री तामाङले भक्तपुरकी अस्मिता दुवाललाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।
महिला ५१ केजी तौलसमूहमा आर्मीकी आरती तामाङ,गिताकुमारी थापा,एपीएफकी माला राई र मकवानपुरकी सन्जुमाया थिङले सेमिफाईनलमा स्थान बनाए । महिला ५४ केजीमा आर्मीकी मिनु गुरुङ र एपीएफकी निता गोसाईले अन्तिम चारमा स्थान बनाए । त्यस्तै महिला ५७ केजीमा नक्शालकी कुसुम तामाङले सेमिफाईनलमा स्थान बनाईन् । महिला ६४ केजीतर्फ आर्मीकी बिनिता थापामगरले सेमिफाईनलको यात्रा तय गरिन् ।
लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगिताको पुरुष ४९ केजीमा आर्मीका शुशिल थापा,एपीएफका आस तामाङ,प्रदिप महर्जन र कास्कीका बिष्णु गौतम सेमिफाईनलमा प्रबेश गरेका छन् । पुरुष ५२ केजीमा चितवानका ओम परियार,आर्मीका बिकास राई,डोलबहादुर चौधरी र एपीएफका बिकास परियारले अन्तिम चारमा स्थान बनाए । पुरुष ५६ केजीमा झापाका जितेन्द्र राई,सुरेन्द्र राई,कास्कीका दिनेश बानिया र एपीएफका पुरन राईले सेमिफाईनलमा स्थान पक्का गरेका छन् । पुरुष ६० केजीमा कन्चनपुरका रामवहादुर थापा,झापाका प्रकाश लिम्बु इजम,आर्मीका दानवहादुर दलामी र नक्शालकी किशोर शर्माले सेमिफाईनलमा स्थान बनाए ।
पुरुष ६४ केजीमा आर्मीका नरेश थापा,बुद्धिसगर गुरुङ,एपीएफका सोनम कार्की र झापाका अभिनय राईले अन्तिम चारमा स्थान पक्का गरेका छन् । पुरुष ६९ केजीमा आर्मीका रबि सुनार,सन्जित ब्यान्जु,काठमाण्डौका सरियान्स प्रजापति र कास्कीका हेमराज राउतले सेमिफाईनलमा स्थान बनाएका छन् । पुरुष ७५ केजीमा बानुजका कौशलजंग थापा,आर्मीका लाल आलेमागर,किरणराज शाही र झापाका प्रेम गुरुङले सेमिफाईलमा स्थान बनाएका छन् । पुरुष ८१ केजीमा कास्कीका दिपक सुनुवार,टिकाथलीका रबिन्द्र घिमिरे र आर्मीका भुपेन्द्र सिंहले अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

Comment