फुपुले प्रतिस्पर्धा गर्ने


ओलम्पिक– २०२० को तयारीका लागि हाल जापानमा रहेकी नेपाली जुडो खेलाडी फुपुल्हामु खत्रीले अल जापान युनिभर्सिटी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएकी छन् ।
उनले टिम इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको नेपाल जुडो संघले जनाएको छ । फुपुले महिला ७० केजी तौलसमूहमा फुकाउका युनिभर्सिटीकी खेलाडीसंग शनिबार प्रतिस्पर्धा गर्नेछिन् । फुपुले आफू अध्ययनरत र प्रशिक्षण लिइ रहेको ताकाओका युनिभर्सिटीबाट खेल्न लागेकी हुन् ।

Comment