धर्मको अर्को फड्को

नेपालका अन्तर्राष्ट्रिय जुडो निर्णायक धर्मकुमार श्रेष्ठ अन्तर्राष्ट्रिय दृष्टिविहीन खेलकुद संघ (इब्सा) जुडो रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् । ब्यबस्थापकीय रुपमा सफल धर्म प्रशिक्षकको रुपमा समेत त्यत्तिकै सफल छन् । रेफ्रिको रुपमा निरन्तर उचाइ पाउदै गरेका धर्मको यो पछिल्लो महत्वपूर्ण फड्काका् रुपमा रहेका छ ।
जापानको टोकियोमा आइतबार सम्पन्न चारदिने सेमिनारमा उत्तीर्ण भएसंगै श्रेष्ठ एसियाली पारा खेलकुद र ओलम्पिक पारा खेलकुदमा निर्णायकको भूमिका निर्वाह गर्न योग्य बनेका छन् । नेपाल जुडो संघका महासचिव समेत रहेका श्रेष्ठ इन्डोनेसियामा १८ औं एसियाली खेलकुदपछि हुने पारा एसियाली खेलकुदमा निर्णायक मण्डलको टोलीमा छनोट भएको बताइएको छ ।

Comment