अन्नपूर्ण कप चेस सुरु

१४ औ सस्करणको अन्नपूर्ण कप स्कुल चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ । कुल नौ स्पर्धा समाबेश प्रतियोगितामा ४० विद्यालयका ३ सय ५० खेलाडीको सहभागिता रहेको छ । स्वीस लिग प्रणालीमा जारी प्रतियोगिताको खुला स्पर्धा सात तथा क्याटोगोरी स्पर्धा ६ चरणको हुने छ ।
तिन दिने प्रतियोगितको प्रमुख अतिथी एसियन जोनल थ्री प्वाइन्ट टुका अध्यक्ष तथा नेपाल बुद्धीचाल संघका पूर्व अध्यक्ष राजेशहरी जोशी र आयोजक अन्नपूर्ण विद्यालयका प्राचार्य चन्द्र प्रकास राजभण्डारीले उद्घाटन गरे । विद्यालय तहका खेलाडीका लागि पायनीयर मानीएको अन्नपूर्ण कपका खेलहरु ज्याठा कान्तीपथस्थित विद्यालयको प्रांगणमा भइरहेको छ ।

Comment