फुपा सम्मानित


काठमाडौं जिल्ला खेलकुद विकास समितिले मलेसियाको क्वालालम्पुरमा भएको प्रथम एसियाली सर्कल महिला कबड्डी च्याम्पियनसिपको कांस्य विजेता टोलीकी खेलाडी फुपा लोप्चनलाई शनिबार सम्मान गरेको छ ।
काठमाडौंकी खेलाडी फुपालाई काठमाडौं जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सको समापनका अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । गेम्समा सैनिक महाविद्यालय पहिलो, बुद्ध प्रकाश दोश्रो र अल्पाइन तेश्रो भए ।

Comment