फ्रेण्ड्स क्लबको साधारण सभा सम्पन्न


फ्रेण्ड्स क्लब, कोपुण्डोलको ४६औं वार्षिक उत्सव सम्पन्न बिहिबार सम्पन्न भयो । क्लबका अध्यक्ष राजीव पौड्यालको सभापतीत्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधी सभा सदस्य प्रम्फा भुषालले उद्घाटन गरेकी थिइन् । सो अबसरमा बोल्दै भुषालले फ्रेण्ड्स क्लब ललितपुरको नै गौरव भै सकेकोले यसको संरक्षण र संम्बर्धन गर्नु हामी सबैको दायित्व भएको विचार ब्यक्त गरिन् । विषेश अतिथि नव निर्वाचित एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफु लामो समय देखि नेपालको फुटबल विकाशमा सक्रिय भएकाले आगामी दिनमा नेपालमा फुटबल खेलले राम्रो गति लिने विश्वास दिलाए ।
कार्यक्रममा सरदार पृतम सिंहलाई क्लबको मानार्थ सदस्यताको कार्ड क्लबको मुख्य संरक्षक नरसिंह व्यजनकारले प्रदान गरे । पूर्व प्रधान न्यायधिश कल्याण श्रेष्ठले लामो समय देखि क्लबले समाजमा खेलेको भूमिका बारे प्रकाश पारे । क्लबको संस्थापक सदस्य सुरेश देव भट्टराईले भावि योजना र हाल सम्म हासिल गरेको उपलब्धीको बारे चर्चा गरे ।
क्लबका सचिव महेन्द्र जोशीले स्वागत मन्तब्य राखेका थिए ।

Comment