विलमलाललाई याङवरक ओपन चेसको उपाधि


दोश्रो थेचम्बु पाथीभरा याङवरक अन्तराष्ट्रिय ओपन चेस प्रतियोगिताको उपाधि नेपालका फीडे मास्टर विलमलाल श्रेष्ठले जितेका छन् । स्वीस लिग प्रणालीमा नौ चरणमा भएको खेलमा विलमले ७.५ स्कोर गरे । उनले शनीबार अन्तिम दिन आठौ चरणमा भारतका थेन्डुप तामाङ तथा नवौ चरणमा नेपालका भुपेन्द्र निरौलासंग बराबरी गरे । सात अंक जोडेका भारतका रिसव निसाद दोश्रो तथा थेन्डुप तेश्रो भए । आठौ चरणमा रिसवले नेपालका बद्रीलाल नेपालीसंग बराबरी गरेका थिए ।
ताप्लेजुङको याङवारकश्थित पूर्णे डाडामा सम्पन्न प्रतियोगिताको उपाधि विजेता विलमले ३५ हजार, उपविजयी रिसवले ३० हजार, तथा तेश्रो भएका थेन्डुपले २५ हजार रुपैया पुरस्कार पाए । प्रतियोगितामा ६.५ अंक भारतका रोहीत गुरुङ चौथो तथा नेपालका कृष्ण थापा पाचौ भए । समान ६.५ अंक भएका सौरभ चोबे, सुरबीर लामा, बद्रीलाल नेपाली, भुपेन्द्र निरौला, र महेश्वरलाल डंगोल शिर्ष १० स्थानमा अटाए । यिसैगरी, ६ अंक भएका राहुल गुरुङ, राजेन्द्र बज्राचार्य, सुमन श्रेष्ठ, गोविन्द प्रसाद पौडेल र भोज बहादुर क्षेत्री ११ देखि १५ औ स्थानमा रहे । विजेतालाई प्रमुख अतिथी ताप्लेजुङका प्रदेश सभा सांसद बल बहादुर साम्सेहाङले पुरस्कार वितरण गरे । २५ बैशाख देखि सुरु भएको प्रतियोगितामा ९० खेलाडीको सहभागिता रहेको थियो ।

Comment