तेक्वान्दो प्रशिक्षक शर्मालाई जर्मनीमा अन्तर्राष्ट्रिय अवार्ड


नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मालाई जर्मनी सेल्फ डिफेन्स फेडेरेशनले आयोजना गरेको ‘११ औं म्युनिक हल अफ अनर’ मा ‘मास्टर अफ द इयर’ अन्तर्राष्ट्रिय अवार्डले सम्मानीत गरिएको छ ।
ब्ल्याक बेल्ट ५ औं डान एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय ‘ए क्लास’ रेफ्रि एवं प्रशिक्षक समेत रहेका शर्माले गत अप्रिल २८ मा जर्मनीको म्युनिकमा उक्त सम्मान पाएको नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ र ं नेपाल तेक्वान्दो महासंघले जारी गरेको संयुक्त विज्ञप्तीमा जनाइएको छ ।
सानो उमेरमै अन्तर्राष्ट्रिय ख्याती कमाएका प्रशिक्षक शर्माले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा तेक्वान्दो मार्शल आर्ट क्षेत्रको विकास र विस्तारमा गरेको उल्लेखनीय योगदानको उच्च कदर गर्दै ‘११ औं म्युनिक हल अफ अनर’ मा मास्टर अफ द इयर अवार्ड चुम्न सफल भएको विज्ञप्तीमा जनाइएको छ ।
मार्शल आर्टस्को ‘ओस्कार’ को रुपमा परिचित म्युनिक हल फ अनर प्रत्येक वर्ष जर्मनीको म्युनिकमा आयोजना हुने गर्दछ । विश्व भरीका ग्रान्डमास्टर, मास्टर एवं अन्तर्राष्ट्रिय पदकधारी खेलाडी तथा प्रशिक्षकहरुलाई म्युनिक हल अफ अनरको ग्रान्डमास्टर सम्मिलीत छनोट समितीले गरेको सिफारीसका आधारमा सम्मान गरीने जनाइएको छ ।

Comment