पाथीभरा याङवरक ओपनमा राहुल, रोहीत र कृष्णको अग्रता


दोश्रो थेचम्बु पाथीभरा याङवरक अन्तराष्ट्रिय ओपन चेस प्रतियोगितामा भारतका राहुल गुरुङ, रोहीत गुरुङ रिसव निसादकोे साथमा नेपालका कृष्ण थापाले संयुक्त अग्रता कायम गरेका छन् । ३ चरणको समाप्तीमा यी चार जनाको ३ अंक छ । तेश्रो चरणको खेलमा रोहीतले नेपालका पूर्व राष्ट्रि च्याम्पियन बद्रीलाल नेपालीलाई हराए भने रोहुलले हिमाल राइसंगको खेलमा जित हात पारे । यसैगरी रिसवले सुरेन्द्र राइलाइ हराए ।
याङवरक गाउपालीकाश्थित थेचम्बुमा जारी प्रतियोगितामा शिर्ष बरियताका खेलाडी फीडे मास्टर विलमलाल श्रेष्ठ सहित पूर्व राष्ट्रिय च्याम्पियन सुरबीर लामा, महेश्वरलाल डंगोल र राजेन्द्र बज्राचार्यको २.५ अंक छ । एक दिन अघि प्रतियोगिताकोे नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ र जिल्ला समन्वय समितीका अध्यक्ष घनेन्द्र मादेनले उद्घाटन गरका थिए । उद्घाटन समारोहमा समाजसेवी तथा खेलाडी गणेश सेनेहाङको पनि उपश्थिती थियो । उद्घाटन समारोहमा बोल्दै पाथीभरा याङवरक गाउपालीकाका अध्यक्ष केसर म्याङबोले प्रतियोगिताको स्वामीत्व ग्रहण गर्दै आगामी बर्ष देखि पूर्ण प्रायोजन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
स्वीस लिग प्रणालीमा सञ्चालीत पाच दिने प्रतियोगितामा ९० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता आयोजनामा सृजंगा गाउपालीकाका अध्यक्ष उर्मिला थेवे र समाजसेवी ध्यानु मेयाङवाको महत्वपूर्ण सहयोग रहेको प्रतियोगिताका मुख्य आर्बीटर तथा नेपाल बुद्धीचाल संघका पूर्व महासचिव भवानी लिम्बुले बताए । साथै उनले प्रतियोगिताको आगामी सस्करण नया सोचका साथ सम्पन्न हुने बताए ।

Comment