प्रतियोगिताको तयारी पुरा


शाखा डोजो सामाखुशीको आयोजनामा चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७५ आयोजना हुने भएको छ । नेपाल,भारत,श्रीलंका,बंगलादेश,पाकिस्थान र भुटान देशका खेलाडीहरु सहभागी हुने डोजाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेपालबाट ३५०,भारतबाट ३००, श्रीलंकाबाट २०, बंगलादेशबाट १५,पाकिस्थानबाट १० र भुटानबाट १० हुनेछन् । सो प्रतियोगितामा ७०५ जना खेलाडीहरु सहभागी हुने अनुमान गरिएको छ । अफिसियल कराते तर्फ २२ इभेन्ट र काता तर्फ ४ इभेन्ट हुनेछ । कुल २६ सुवर्णका लागि खेलाडीहरुले विभिन्न तौल समुहमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उद्घाटन नेपाल सितोरियो कराते संघ तथा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ्गबाट र समापन माउण्ट कैलाश इनर्जी कम्पनी लि. का कार्यकारी अध्यक्ष भरत कुमार खड्काबाट विजेता खेलाडीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता लैनचैर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताको लागत पन्ध्र लाख नौं हजार पाँच सय रुपैया रहेको छ । सो रकम आयोजक डोजोले नै व्यहोर्ने र सम्पुर्ण तयारी पुरा भएको जानकारी प्रतियोगिताका संयोजक राजेन्द्र कुमार ओझाले दिए ।

Comment