खोटाङमा अन्तराष्ट्रिय कराते प्रतियोगिता सुरु


दोश्रो खोटाङ हलेसी अन्तराष्ट्रिय कराते प्रतियोगिता खोटाङ सदरमुकाम दिक्तेल बजारमा बिहिबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य बिसाल भट्टराइले उद्घाटन गरे । आयोजक कमिटीका प्रमुख जिल्लाा समन्वय समित खोटाङका प्रमुख बबी चाम्लीङ राइको सभापतीत्वमा भएको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य राजन राइ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालीकाका प्रमुख दिप नारायण रिजाल र हलेसी तुवाचुङ नगरपालीकाका प्रमुख इवन राइ लगायतको उपश्थिती थियो ।


नेपाल सितेरियो कराते डो संघ जिल्ला साखा डोजो खोटाङको आयोजनामा जारी प्रतियोगितामा तीन देशका १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका, हलेसी तुवाचुङ नगरपालीका, राराबेसी गाउँपालीका र ऐसेलुखर्क गाउपालीकाको बिशेष सहयोय रहेको खोटाङ सितेरियो कराते संघका अध्यक्ष सञ्जय राइले बताए । प्रतियोगिताको पहिलो दिन भएको महिला टिम कातामा नेपाल आर्मी क्लब पहिलो, भारतीय टोली दोश्रो तथा आयोजक टोली तेश्रो भएको छ ।

Comment