आशिषलाई चेस उपाधि


आशिष फुृयाँलले श्याम बहादुर श्रेष्ठ स्मृती छैटो दोलखा रेटिङ कप चेस प्रतियोगिताको उपाधि जितेका छन् । ६ चरणको प्रतियोगितामा उनले ५.५ अंक जोडे । पाचौ चरणमा राजिव कार्कीलाई हराएका आशिषले छैटौ चरणमा विमल भण्डारीसंग बराबरी गरे । प्रतियोगितामा ५ अंक जोडेका गोबीन्द श्रेष्ठ दोश्रो तथा ४.५ अंक जोडेका राजिव कार्की तेश्रो भए । समान अंक भएका विमल चौथो भए । यसैगरी, ४ अंक भएका कमल चौलागाइ पाचौ, केबल खत्री छैटौ तथा गेहेन्द्र आचार्य सातौ भए ।
विद्यालय तर्फ समिर पोखरेल पहिलो,सहदेव चौलागाइ दोश्रो,युवराज प्रधान तेश्रो,सुप्रन श्रेष्ठ चौथो तथा रोमन श्रेष्ठ पाचौ भए । विजेता खेलाडीहरुलाई प्रमुख अतिथी भिमेश्वर नगरपालीकाका उपप्रमुख कमला बस्नेत र विशष अतिथी श्याम बहादुर श्रेष्ठका छोरा स्वस्तिक श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।

Comment