सेबको विजयी सुरुवात

08editedप्रथम ओपीए सेब जुनियर ब्वाईज अन्तरविद्यालय बास्केट बल प्रतियोगितामा आयोजक सेब, ज्ञान मन्दिर मञ्जरी र सृजन ज्ञान सागरले विजयी सुरुआत गरेका छन  । सामाखुशी इङ्लिस बोर्डिङ स्कुलको प्रांगणमा आज भएको उद्घाटन खेलमा आयोजक सेबले न्यूटनलाई १६–८ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो । सेबका लागि लाक्पा शेर्पाले ८ स्कोर गरे । त्यस्तै आजै भएको दोस्रो खेलमा ज्ञान मन्दिरले मनाष्लुलाई ७–४ ले पराजित ग¥यो । ज्ञान मन्दिरका लागि चन्द्र गुरुङले ४ स्कोर गरे । त्यस्तै तेस्रो खेलमा मञ्जरीले मस्र्याङ्दीलाई १७–८ ले पराजित गरेको छ । मञ्जरीका लागि इलेट केसीले ९ स्कोर गरे । त्यस्तै आज भएको अन्तिम खेलमा सृजन ज्ञान सागरले प्रिसियसलाई ७–४ ले पराजित ग¥यो । सृजनका लागि संजय कु“वरले ४ स्कोर गरे । प्रतियोगिताको काठमाडौं प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङले उद्घाटन गरे । अर्गनाईजेशन अफ प्राइभेट स्कुल र सामाखुशी इङ्लिस बोर्डिङ स्कुलको आयोजना भएको लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा १२ टिमको सहभागीता छ । प्रतियोगिताअन्तर्गत भोलि मनाष्लु र जिसीए, सेब र एण्जल हार्ट, मस्र्याङ्दी र हिम रश्मी तथा प्रिसियस र पुष्पकुंज भिड्नेछन् ।
उद्घाटनका अबसरमा सेब स्कुलका प्रीन्सीपल युवराज थापा, हिमरश्मीका प्रीन्सीपल लोकेन्द्र बहादुर खड्का, कुश्मपुञ्जका प्रीन्सीपल एक बहादुर आले , कौसल हाइस्कुलका प्रीन्सीपल शिब अर्याल , एन्जलहार्ट स्कुलका प्रीन्सीपल र मनास्लु स्कुलका प्रीन्सीपल भक्त श्रेष्ठ लगायतको उपस्थिती थियो ।

Comment