कर्माचार्य सम्मानित


ललितपुर जिल्ला कराते महासंघले करातेका पूर्व खेलाडी राजपाल कर्माचार्यलाई शनिबार सम्मान गरेको छ । नयाँ वर्ष २०७५ को अवसरमा महालक्ष्मीथानमा आयोजित चियापान कार्यक्रममा कर्माचार्यलाई कराते खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, राखेपका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनलगायतले कर्माचार्यलाई कदर पत्र प्रदान गरी सम्मान गरे । दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्णधारी कर्माचार्य विगत दुई दशक भन्दा बढी समयदेखि जापानमा बस्दै आएका छन् । दक्षिण कोरियोको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको जापानमा प्रशिक्षणको व्यवस्था मिलाउन कर्माचार्यको महत्वपूर्ण भूमिका रहेको थियो ।

Comment