तेक्वान्दोमा प्रभाव छाड्दै राजेशको स्टार


स्टार तेक्वान्दो डोजाङले प्रथम नव विहानी उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । स्टार ४ स्वर्ण, १ रजत र २ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।
नव विहानी तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण, १ रजत र ३ कांस्यसाथ बोधीसदन दोश्रो भयो । तेश्रो स्थानको युनिटीले २ स्वर्ण र १ रजत हात पा¥यो । आयोजक नव विहानीले १ स्वर्ण, ३ रजत र ६ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा बोधीसदनका सोहन खड्का तथा महिलामा स्टारकी सुप्रिया लामा उत्कृष्ट खेलाडी चुनिए । उपाधि विजेता स्टार कुनै समय नेपालका स्टार खेलाडी उत्पादन गर्ने मैत्री डोजाङका पूर्व प्रशिक्षक हुन् । उनी आबद्ध भएको समयमा नै मैत्रीबाट निसा रावल र निमा गुरुङको रुपमा पछिल्लो दशकका प्रभावकारी खेलाडीको उदय भएको थियो । नेपाल तेक्वान्दो संघ र यस मातहतका तल्लोे निकायमा समेत गैर खेल गतीबीधी हाबी भएको महुशष गर्दै राजेश पछिल्लो समय राष्ट्रिय तेक्वान्दो संघमा आबद्ध हुन् । स्टारको स्थापन पछि राजेशले तेक्वान्दो प्रशिक्षक माझ उत्कृष्टताको प्रतिस्पर्धा गर्न आफू अझै तयार रहेको जनाउदै केही बर्ष मा स्टार डोजाङ तेक्वान्दोमा साखपूर्ण उपश्थिती राख्ने दावी गरेका थिए ।
विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । दुई दिने प्रतियोगितामा विभिन्न २७ डोजाङका ४ सय खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Comment