न्यौपानेको नेतृत्वमा कुराँस

नेपाल कुराँस संघको पहिलो चुनावी साधारणसभाले ध्रुवराज न्यौपानेको अध्यक्षतामा १८ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
नव निर्वाचित संघको वरिष्ठ उपाध्यक्षमा जीवन राई, उपाध्यक्षमा दीपकबहादुर सिंह, डिल्लीबहादुर डाँगी र प्रकाशचन्द्र भट्टराई, महासचिवमा प्रतीक्षा खरेल, सचिवमा हरिराम ढुंगाना र कोषाध्यक्षमा देवराज लामा रहेका छन् । सदस्यमा सन्जिव गुरुङ, दिवस तिवारी, विकासविक्रम शाह, जय गुरुङ, दीपक श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, हरि श्रेष्ठ, पदमबहादुर कुँवर, यसुकुमारी लामा र असल राई छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले प्रमाण पत्र वितरण गर्नुका साथै साधारणसभाको पनि उद्घाटन गरेका थिए । कार्यक्रममा अन्तर्राष्ट्रिय पदक विजेता भगवती माझीलाई सम्मान गरिएको थियो ।
Comment