राष्ट्रिय रग्वी शनिबार

rugby edited
नेपाल रग्वी संघको आयोजनामा प्रथम राष्ट्रिय रग्वी च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने भएको छ ।
एकदिने प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँचै पुरुष टिमको सहभागिता रहने संघका महासचिव चेतनराज गिरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
संघका अध्यक्ष टंकलाल घिसिङले नेपालमै पहिलो पटक रग्वीको राष्ट्रिय प्रतियोगिता हुन लागेको बताए । पहिले राउन्ड रविन लिगका आधारमा खेल हुनेछ । शीर्ष दुई स्थानमा आउने टिम पुनः उपाधिका लागि भिड्ने छन् । खेल अवधि १५ मिनेटको हुनेछ ।
यो प्रतियोगिता भारतको चेन्नइमा मार्च ७ देखि हुने ओलम्पिक प्रि क्वालिफाइङ प्रतियोगिताका लागि छनोटको आधार समेत रहेको महासचिव गिरीले जानकारी गराए ।

Comment