राष्ट्रिय आईटीएफ तेक्वान्दो शुक्रबार

काभ्रे जिल्ला तेक्वान्दो (आईटीएफ) संघको आयोजनामा १४ औं सिनियर राष्ट्रिय तेक्वान्दो (आईटीएफ) प्रतियोगिता काभ्रेको बनेपामा शुक्रबार हुने भएको छ ।
प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना र एपीएफ गरी ७ टिमका १ सय ५ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक घनश्याम केसीले जनाएका छन् ।
स्पाइरिङ र प्याटर्नतर्फ पुरुष÷महिलामा समान १६–१६ गरी ३२ पदकका लागि प्रतिस्पर्धा हुनेछ । यो प्रतियोगितामा पहिलो हुने खेलाडीलाई राष्ट्रिय टिममा समावेश गरिने बताइएको छ । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

Comment