नेपाल अव तेस्रो स्थानका लागि खेल्ने

मिरपुर । सियन भलिवल महासंघ (एभिसी) सेन्ट्रल जोन प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा तुर्कमेनिस्तानसँग २५–१४, २५–१८, २५–१९ को सहज सेटमा पराजित भयो । उपाधि होडबाट बाहिरीए पनि प्रतियोगितामा नेपालको पदकको सम्भावना भने अझै सकिएको छैन । नेपालले अव शुक्रबार तेस्रो स्थानका लागि हुने खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । सो खेलमा जित हात पारेको अवस्थामा नेपालले काश्य पदक जित्ने छ ।

पराजयपछि नेपाली टोलीका कप्तान इम राना मगरले ब्लक र सर्भिसमा गरेको कमजोर प्रदर्शनले खेल गुमाउनु परेको प्रतिकृया दिए । ‘आजको खेलमा ब्लक र सर्भिसमा निक्कै कमजोर देखियौं’, कप्तान राना मगरले भने, ‘हारको मुख्य कारणले नै यही कमजोरी बन्यो ।’

नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले योजनाअनुसारको खेल नभएको बताए । ‘तुर्कमेनिस्तान हामी भन्दा बलियो टोली हो । यद्यपि हामीले केही योजना बनाएका थियौ’, प्रशिक्षक भट्टले भने, ‘यद्यपि हाम्रो खेल योजना अनुसारको हुन सकेन ।’

प्रतियोगिताको उपाधिका लागि साविक बिजेता किर्गिस्तान र अयोजक बंगलादेशले प्रतिस्पर्धा गर्ने भएका छन् । तुर्कमेनिस्तानले नेपाललाई पराजित गर्दै फाईनलमा यात्रा सुरक्षित गर्दा बंगलादेशले बुधबार नै भएको खेलमा किर्गिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । तुर्कमेनिस्तान समुह बी तथा बंगलादेश समुह एका टोली हुन् ।

Comment