पदक विजेता फर्किए

अस्ट्रेलिया ओपन कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडी मंगलबार स्वदेश फर्किएका छन् । अप्रिल २० देखि २२ तारिखसम्म भएको प्रतियोगितामा स्वर्ण जितेकी अनु अधिकारी, रजत विजेता दिवस श्रेष्ठ र कांस्य हात पारेका दिगम्बरप्रसाद पन्तलाई नेपाल कराते महासंघका अध्यक्ष समेत रहेका दावा गुरुङ, कराते मुख्य प्रशिक्षक शोभितराज प्रसाईं, ईश्वर थापालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
सो प्रतियोगिताका स्वर्णधारी मल्लिका थापा र विनोद शाक्य पनि मंगलबार राती स्वदेश फर्किने कराते महासंघले जनाएको छ ।
Comment