ओखलढुंगामा भलीबल सुरु

द युथ पावर नेपालको आयोजनामा ओखलढुंगामा दोश्रो खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुक्रबार पूर्व सांसाद रामहरी खतीवडाले उद्घाटन गरे । उद्घाटन समारोहमा नेपालका चर्चीत हास्य कलाकार कुमार कट्टेल र अर्जुन घिमिरेका साथै लोकगायक नविन पौडेलले विविध सास्कृतीक प्रश्तुती गरेका थिए ।
पर्यटन,शिक्षा र सामाजिक बिकासका लागि खेलकुद भन्ने नाराका साथ लिखु गाउपालीका स्थित गाम्ना¨टारमा जारी यस प्रतियोगिताको पहिलो खेलमा हिमगंगा युवा क्लब रामेछापले आयोजक “ख”लाई २५–१७ र २५–१२ ले पराजित ग¥यो । प्रतियोगिता संयोजक युवराज थापाले दिएको जानकारी अनुसार पहिलो दिन लिखु युवा क्लब यसम र लिखु रमाइलो बस्ती तारकेश्वरले पनि जित हात पारेका छन् । लिखु युवा क्लबले लिखु गाउपालीका ६ लाई २५–१० र २५–८ तथा तारकेश्वरले लीखु गाउपालीका दुइलाई २५–१५ र २५–१ ले पराजित ग¥योे । लिगकम नकआउटको आधारमा जारी प्रतियोगितामा हिमगंगा, तारेकेश्वर तथा लिखु युवा क्लब समुहमा पहिलो स्थान प्राप्त गर्दै सेमिफाइनलमा प्रबेश गरे । यसैगरी, आयोजक खका साथै लिखु गाउपालीकाका ६ र २ दुवै समुहमा समुहमा पिवजयी भएर क्वार्टरफाइनलमा प्रबेश गरे ।
लिगकम नकाउटका आधारमा संञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपयाँ प्राप्त गर्ने छ । दोश्रो हुनेले ७७ हजार ७ सय ७७ तथा तेश्रोले ४४ हजार ४ सय ४४ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार ५ सय ५५ रुपयाँ नगद प्राप्त गर्ने छन् । बिधागत उत्कृष्टले पनि जनही १५ सय नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Comment