भलिबल खेलाडीको बिदाई

इम रानामगरको कप्तानीमा एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा सहभागि हुन जाने नेपाली भलिबल टोलीको राष्टिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार बिष्टले बुधवार बिदाई गरे । नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा टोली नेता रहेको २० सदस्य टोलीमा कप्तान इमले सेटरको भूमिका निर्वाह गर्ने छन् । दिपकराज जोसी,हरि अधिकारी र सुरेन्द्रवहादुर बमले क्विक स्पाईकको भूमिकाबाट खेल्ने छन् । धनवहादुर भट्, मानवहादुर श्रेष्ठ र कुलवहादुर थापाले ओपन स्पाईकरको जिम्मेवारी समाल्ने छन् । अलराउण्डको भूमिकामा नरेन्द्र गिरी र राजु सेरचनले मोर्चा समाल्ने छन् । इमको साथमा दिनेशराज गिरीले दोश्रो रोजाईको सेटरको भूमिका टिममा रहेका छन् । टिममा शसक्त डिफेन्सका लागि लिब्रोको भूमिकामा इश्वर थापा र बिनोद वहादुर चन्द रहेका छन् । टिमको प्रशिक्षको भूमिकामा बलराम क्षेत्री र जगदिस भट् रहेका छन् । नेपाल भलिबल संघका उपाध्यक्ष यमवहादुर गुरुङको ब्यवस्थापनमा टिम अफिसियलका रुपमा नेपाल भलिबल संघका सदस्यद्धय राजकुमार गुरुङ र टेककुमार राजभण्डारी तथा अन्नपूर्ण पोष्टका खेल दिपेन्द्र गुरुङ रहेका छन् । खेल २१ देखि २८ अप्रिलसम्म बंगलादेशको ढाकामा हुनेछ । प्रतियोगितामा नेपाल र घरेलु टोली बंगलादेशसँगै साविक विजेता कीर्गिस्तान, तुर्कमिनिस्तान, माल्दिभ्स र अफगानिस्तानको सहभागिता रहनेछ । अघिल्लो संस्करणमा तेस्रो भएको नेपालले यस पटक स्वर्ण जित्ने लक्ष्य लिएको छ ।
टिमका कप्तान इम रानाले यसपटकको तयारी राम्रो रहेकाले फाइनलसम्मको यात्रा तय गरी उपाधि जित्ने टिमको लक्ष्य रहेको बताए । टिमका नियमित खेलाडीहरु भैरव बम र महेन्द्र श्रेष्ठ घाइते भएपछि नयाँ सदस्यले प्रवेश पाएका छन् । क्वीक स्पाइकरको रुपमा दीपक जोशी र सुरेन्द्र बमसँगै ५ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् । नेपाली टोलीका मुख्य स्पाइकर मानबहादुर श्रेष्ठले यसपटक धेरै राम्रो तयारी भएकाले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिइएको बताए । उनले केही खेलाडी चोटग्रस्त भएकाले समस्या देखिए पनि नयाँ खेलाडी प्रतिभावान भएका कारण अन्य सबै पाटो राम्रो हुने बताए ।
पहिलो पटक राष्ट्रिय टिममा परेका नेपाल पुलिसका दीपक जोशीले वर्षौंको सपना पूरा भएको भन्दै पाएको अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आसन्न एशियाली खेलकुद र साग गेम्सको तयारीको रुपमा पनि नेपाली टिमले यस प्रतियोगितालाई लिएको छ ।
उपाधि जिते २ लाखः सदस्यसचिव
नेपाली टिमको बिदाइ समारोहमा राखेप सदस्यसचिव विष्टले घोषणा गरेका छन् कि प्रतियोगिताको उपाधि जितेमा परिषदको तर्फबाट टोलीलाई जनही २ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
सदस्य सचिव विष्टले उपविजेता भएको खण्डमा पनि जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जानकारी दिए ।

राष्ट्रिय खेल भएका नाताले राष्ट्रिय खेलकुद परिषदले भलिबललाई विशेष प्राथमिकतामा राख्ने पनि सदस्य सचिव विष्टले बताए । उनले ३१ वर्षपछि एशियाली खेलकुदमा पहिलो पटक भलिबललाई समावेश गरिएको भन्दै महिला टिमको सहभागिताका लागि पनि प्रयास भइरहेको जानकारी दिए ।

Comment