जिवनको अध्यक्षतामा कास्की हाप्कीडो


जिवन मल्लको अध्यक्षतामा नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको कास्की शाखा गठन भएको छ । संघका केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगरको उपश्थितीमा गठित जिल्ला संघको उपाध्यक्षमा सुनिल राना मगर र रेणु पुन तथा सचिवमा बिष्णु नेपाली रहेका छन् । सबिन गुरुङ कोशाध्यक्ष रहेका छन् भने सदस्यहरुमा अनिता थापा मगर,विमला नेपाली, प्रभात पुन,रामचन्द्र गीरी,राजेश तामाङ र प्रकास खड्का छन् ।भेलामा कास्की जिल्ला खेलकुद विकास समितीका कोशाध्यक्ष तथा कास्की जिल्ला खेलाडी संघका अध्यक्ष दिपक गोदार र कास्की जिल्ला सितेरियो कराते संघका अध्यक्ष सुरेन्द्र गुरुंग लगायतको उपश्थिती थियो । नगवठित जिल्ला संघले केन्द्रिय संघसंग समन्वय गरी केही समय पछि नै सेमिनार तथा प्रतियोगिता आयोजना गर्ने जनाइएको छ ।

Comment