टेबलटेनिस टोली माल्दिभ्स प्रस्थान


जुनियर दक्षिण एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन २ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ ।अप्रिल २० देखि २२ तारिखसम्म हुने यु–१८ उमेरसमूहको यो प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा राजेन्द्र कपाली छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा बंगलादेशमा हालै सम्पन्न दक्षिण एसियाली टिम कप टेबलटेनिसमा दोश्रो भएको नेपाली टोलीलाई सम्मान गरिएको थियो ।

Comment