राम्रो प्रशिक्षणको आशमा बन्दना

माझ किरातँका केही क्षेत्र खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र भोजपुर यी सबै जिल्लाका सांस्कृतीक रुपले केही न केही योगदान रहेकै छ । नेपाली सुमग संगीतको दुनियमा यो क्षेत्रको गर्वीलो सान सान रह््यो । प्राकृत्तीक रुपले रमणीय तथा मिलनसार जिवनशैली यहाँका अन्य परिचय बने । यसै क्षेत्रले नेपाली खेलकुदका क्षेत्रमा पनि यस क्षेत्रको कप्ती योगदान त छैन । यसै क्षेत्रको उदयपुरको बेल्टारमा सन् २००० को दशकको मध्यमा ह्यान्डबलको प्रशिक्षण सुरु भएको थियो । प्रशिक्षक पर्वत गुरुङले सुरु गरेको सो अभियानका उत्पादनले नेपालको महिला टोलीमा एकछत्र प्रभाव राखेको थियो । त्यो प्रभाव अहिले कम रहेको होला तथापी त्यसै अभियानका सुरुवाती दिनकी खेलाडी बन्दना राइ अहिले पनि नेपाली टोलीकी प्रभावशाली खेलाडीको रुपमा रहेकी छिन् । भारतमा सम्पन्न दक्षिण एसियाली च्याम्पियनसीपमा नेपाली टोली भयो । दोश्रो हुने क्रममा नेपालको बंगलादेश माथिको जित महत्वपूर्ण रह्यो । त्यस खेलमा बन्दना म्यान अफ द म्याच समेत बनेकी थिइन् । उपविजेता भएको नेपाली टोली काठमाडौंमा सम्मानीत पनि भएकी छिन् । राउन्डरोबीन आधारमा भएको प्रतियोगितामा नेपाल भारतसंग मात्र पराजित भएको थियो । टोलीकी महत्वपूर्ण सदस्य रहेकी बन्दना भने नियमित र ब्यबस्थित प्रशिक्षण भए आफ्नो नेपाली टोली दक्षिण एसियाको उपाधि जित्न सक्षम हुने दावी गर्छिन् ।
हाल नेपाली ह्यान्डबल टोलीकी सिनियर खेलाडीको रुपमा रहेकी बन्दनाको सफलताको दिन सन् बि.स देखि सुरु भएको हो । सोही बर्ष उनले यु–२० राष्ट्रिय महिला च्याम्पियनसीपमा शिर्ष गोलकर्ता भएकी हुन् । लखनाउमा भएको चौथो दक्षिण एसियाली महिला ह्यान्डबल च्याम्पियनसीपमा पनि उमन अफ द म्याच भएकी हुन् । कोलकाता भएको अन्तराष्ट्रिय ह्यान्डबल च्याम्पियनसीपमा तेश्रो भएको नेपाली टोलीमा उनी पनि संलग्न थिइन् । नेपालमा भएको आइएचएफ ट्रफीमा नेपाल तेश्रो भएको थियो । सो प्रतियोगितामा पनि उनी एउटा खेलमा म्यान अफ द म्याच भएकी थिइन् ।
पहिलो लुम्बीनी नेसनल च्याम्पियनसीपमा उनी आबद्ध एपीएफको टोली पहिलो भएको थियो । प्रथम विर गणेशमान सिंह स्मृती राष्ट्रिय ह्यान्डबल प्रतियोगितामा उनको टोली पहिलो भएको थियो । सातौ राष्ट्रिय खेलमा पनि उनी आबद्ध एपीएफको टोली पहिलो भएको थियो । भारतमा भएको १२ औ साग खेलमा पनि उनी नेपाली राष्ट्रिय टोलीमा आबद्ध थिइन् । पाचौ दक्षिण एसियाली ह्यान्डबल च्याम्पियनसीपमा सहभागि नेपाली टोलीमा उनी आबद्ध थिइन् । कतारमा भएको अन्तराष्ट्रिय ह्यान्डबल च्याम्पियनसीपमा पनि उनी एक खेलमा उमन अफ द म्याच भएकी थिइन् ।
उनको ह्यान्बडलमा यो उपश्थिती कम मिहेनतले भएको होइन । उदयपुरको बेल्टारमा रहेको पुमा बोर्डीङ स्कुलमा ११ कक्षामा अध्ययन गरिरहदा उनी पर्वत गुरुङबाट ह्यान्डबल प्रशिक्षण सुरु गरेकी थिइन् । खोटाङ रतन्छाकी स्थायी बासिन्दा बन्दनाको यो उपलब्धीको पछि पिता निर विक्रम राइ र सुसीला राइको पनि त्यत्तिकै महत्वपूर्ण भुमिका रहेको छ । पछिल्लो आठ बर्षमा उनका लागि खेल नै जिवन बनेको छ । सामाजीक परिचय बनेको छ । यो यात्रामा प्रशिक्षक पर्वत गुरुङ र प्रशिक्षक ज्ञानेन्द्र प्रधानको उत्तिकै योगदान भएको बन्दना बताउछिन् ।यसका साथै हाल एपीएफमा आबद्ध गराउने र खेल जिवन अगाड बढाउन दुर्ज कुमार राइ र सुसील अधीकारीले गरेको सहयोगप्रति उनी आभारी छिन् ।

Comment