काठमाडौं ओपन चेसमा विदेशी खेलाडीको अग्रता

काठमाडौैं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगितामा उच्च वरियाताका विदेशी खेलाडीहरुले अग्रता लिएका छन् ।
प्रतियोगिताको छैटौं चरणका खेल सकिँदा ७ जना ग्राण्डमास्टरसहित १४ जना खेलाडीले ५ अंकसहित संयुक्त अग्रता हासिल गरेका छन् ।
होमल्याण्ड स्पोर्टस क्लवको आयोजनामा बुढानिलकण्डस्थित पार्क भिलेज रिसोर्टमा जारी प्रतियोगिताको छैटौं चरणमा भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीले युक्रेनका ग्राण्डमास्टर तालेृभ कन्सेन्टिनलेसँग बराबरी खेल्दै दुवैले ५ अंकका साथ संयुक्त अग्रता बनाएका छन् । पाँचौं चरणमा हर्षले रसियाली ग्राण्डमास्टर फोमिनी अलेक्जान्दरलाई हराएका थिए ।
त्यस्तै भारतका ग्राण्डमास्टर श्रीराम झाले पनि अजरबैजानका ग्राण्डमास्टर मिर्जोभ अजरसँग बराबरी खेले । दुवै खेलाडी ५ अंकसहित संयुक्त शीर्ष स्थानमा छन् । पाँचौं चरणमा अजरले भारतीय खेलाडी जीवी हर्षबर्धन र झा ले आफ्नै देशका अनुप देशमुखलाई हराएका थिए ।
बेलारुसका ग्राण्डमास्टर कास्पारोभ सर्गेइ र इजरायलका ग्राण्डमास्टर ग्रिनफिल्ड एलोनले पनि बराबरी खेले । दुवैको पाँच अंक छ । पाँचौं चरणमा सर्गेइले युक्रेनका ग्राण्डमास्टर तार्लेभ कन्स्टेन्टिनसँग बराबरी खेलेका थिए भने एलोनले पनि भारतीय ग्राण्डमास्टर सन्दिपन चन्दासँग बराबरी खेलेका थिए । छैटौं चरणमा सन्दिपनले आफ्नै देशका प्रतिक पाटिललाई हराएर ५ अंक जोडेका छन् ।
भारतीय ग्राण्डमाटर दीपसेन गुप्ताले आफ्नै देशका एन रामाराजुलाई हराउँदै ५ अंक जोडेका छन् । पाँचौं चरणमा उनले देशका इन्टरनेशनल मास्टर पी श्यामनिखिलसँग बराबरी खेलेका थिए ।
नेपाली फिडे मास्टर रुपेश जयसवालले भारतीय इन्टरनेशनल मास्टर हिमाल गोसाईंसँग पराजित भएपछि ५ अंकसहित संयुक्त अग्रता लिनबाट चुके । गोसाईंले पाँचौं चरणमा आफ्नै देशका निलेश साहसँग बराबरी खेलेका थिए ।
बंगलादेशका फिडे मास्टर अब्दुल मोहम्मद भारतीय इन्टरनेशनल खेलाडी प्रिन्स बजाजसँग पराजित भए । पाँचौं चरणमा बजाजले आफ्नै देशका प्रिन्स पाटिलसँग बरारी खेलेका थिए भने मोहम्मदले भारतीय फिडेमास्टर पी लक्ष्मीलाई पराजित गरेका थिए ।
भारतीय खेलाडी निलेश साह आफ्नै देशका इन्टरनेशनल मास्टर पी श्यामनिखिलसँग पराजित भए भने भारतीय इन्टरनेशनल मास्टर पद्यिनी राउतले पनि भारतकै फिडेमास्छर केभी सान्थारामलाई पराजित गरिन् ।
भारतका सप्तोर्षी गुप्ताले आफ्नै देशका फिडेमास्टर अंकित गाज्वासँग बराबरी खेले । भारतकै नभलगण्ड निराजनले आफ्नै देशका सोनकलान भारतीलाई हराउँदा नेपाली क्याण्डिडेड मास्टर विवेक थिङ भारतीय खेलाडी शुभायन कुण्डुसँग पराजित भए । प्रतियोगितामा अपेक्षाकृत कमजोर प्रदर्शन गरिरहेका उच्च बरियाता (२५९८)का रुसी ग्राण्डमास्टर भोल्कोभ सर्गेइले नेपाली फिडेमास्टर मनिस हमाललाई पराजित गरे भने रुसकै अर्का ग्राण्डमास्टर फोमिनी अलेक्जान्दरले पनि नेपाली क्याण्डिडेड मास्टर नविन तण्डुकारलाई पराजित गरे ।
प्रतियोगिताको छैटौं चरणसम्म आउँदा नेपाली खेलाडीहरुले औषत प्रदर्शन गरेका छन् । नेपालका सुमित पन्तले भारतीय खेलाडी सुरिजित पलसँग पराजय ब्यहोर्दा बिक्रम जाती भारतीय खेलाडी हषिृता गुड्डान्तीसँग पराजित भए ।
त्यस्ते बद्रिलाल नेपालीले छैटौं चरणमा नेपाली प्रतिस्पर्धी राजेन्द्र प्रसाद श्रेष्ठसँग बराबरी खेले । नेपालीले पाँचौं चरणमा भारतीय फिडे मास्टर अंकित ग्वालासँग पराजय ब्यहोरेका थिए ।
नेपाली खेलाडी मणिराज डाँगी श्रीलंकाली खेलाडी कभिण्डा अकिलासँग पराजित भए भने क्याण्डिडेड मास्टर भूपेन्द्र निरौला भारतीय खेलाडी पृुध्वीकुमारसँग पराजित भए ।
राजन पुरीले प्रकाश सुवेदीलाई हराए भने पुरुषोत्तम चौलागाईंले महेश्वरलाल डंगोललाई पराजित गरे । क्याण्डिडेडमास्टर भगवती प्रसाद शर्माले नेपालकै क्याण्डिडेडमास्टर राजेन्द्र राजभण्डारीलाई पराजित गरे ।
नेपाली खेलाडी शिखर रेग्मी भारतीय खेलाडी थेन्डुप तामाङसँग पराजित हुँदा हरिचन्द्र चौलागाईं भारतीय खेलाडी सी लक्ष्मीसँग पराजित भए ।त्यस्तै छैटौं चरणमा नेपाली खेलाडी  सुरवीर लामाले चेतन शर्मा, फिडे मास्टर सुजेन्द्र प्रसादले सुशील चौधरी र भारतीय खेलाडी सायान्तान चन्द्रले विवेकराज श्रेष्ठलाई पराजित गरेका थिए ।

Comment