एभरेस्ट क्लबले युएई कराते खेल्ने


युएईको नेसनल कराते च्याम्पिनयसिपमा एभरेस्ट मार्सल आर्टस् क्लबले सहभागिता जनाउने भएको छ । आगामी शुक्रबारदेखि दुबईमा हुने च्याम्पियनसिपमा एभरेस्ट क्लबका १० खेलाडी, ३ प्रशिक्षक, ४ अफिसियल र ३ निर्णायकले सहभागिता जनाउन लागेको प्रमुख प्रशिक्षक रबी शाहीले जानकारी दिए । नेपाली टिमको प्रमुख प्रशिक्षकमा शाही तथा प्रशिक्षकमा पर्सुराम घिमिरे र गणेशबहादुर खत्री, टिम व्यवस्थापकमा पवित्र भण्डारी तथा अफिसियलमा हिरालाल श्रेष्ठ, मदन अधिकारी, कमल पोख्रेल र भानुभक्त पौडेल छन् ।
च्याम्पियनसिपमा प्रमुख प्रशिक्षक शाही, विशाल पुनमगर र प्रेम श्रेष्ठले निर्णायकको भुमिका निर्भाह गर्नेछन् । च्याम्पियनसिपमा नेपालका १० खेलाडीले पाँच विधाका काता र १० तौलसमूहको कुमुतेमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक शाहीले जानकारी दिए । च्याम्पियनसिपमा गत संस्करणको मेन अफ दी म्याच कुमार भुसालसहित विजयी तामाङ, दिनेस सिंह आयर, सुरज पोख्रेल, किन्जल श्रेष्ठ, बिनोद राई, आशाना पाण्डेय, राम लामा, लक्ष्मण थापा र नबिन श्रेष्ठले अलअलि क्लब दुबईमा हुने च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्नेछन् ।
च्याम्पियनसिपका लागि नेपालीलाई आरटिएल कन्ट्राक्टिङ एलएलसी, एनआरएन युएई, नेवा पुच, हिमालयन एयरलाइन्स र मनोज गोर्खालीले प्रायोजन गरेका छन् । उक्त च्याम्पियनपश्चात नै टोलीले आगामी ११ मेमा हुने बुदोकान कराते च्याम्पियनसिपमासमेत प्रतिस्पर्धा गर्नेछन् । टिमका प्रमुख प्रशिक्षक तथा एभरेस्ट मार्सल आर्टस् एन्ड स्पोर्टस् क्लबका टेक्निकल डाइरेकटर रबि शाहीले विदेशमा रहेर पनि आफ्नो राष्ट्रलाई अन्तर्राष्ट्रियस्तर चिनाउन खेलको माध्यमबाट योगदान गर्नु सराहनीय कार्य भएको बताए । त्यसका लागि शाहीले सबै प्रायोजकलाई धन्यवाद प्रकट गरे ।

Comment