नेपाली चेसले प्राबीधक फड्को मार्दै छ ःमर्हजन

नेपाल बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जन अन्तर्राष्ट्रिय अार्विटर हुन सफल भएका छन् । अप्रिल ६ देखि ९गतेसम्म बेलारुसमा सम्मपन्न भएको वर्ल्ड चेस फेडरेशनको बोर्ड  बैठकले महर्जनलाई उक्त टाईटल प्रदान गरिएको हो।

यसअघि ज्ञानेन्द्र खाईजु, बिदुर गौतम ,मनोज घिमिरे,बालाराम पुन, महेश्वरलाल डंगोल, उमेश केसी,अोम प्रकाश उपाध्यायले उक्त टाईटल प्राप्त गरेका थिए।अन्तराष्ट्रिय आर्बीटरको उपाधि पाए पछि खेलकुद न्युजडटकमसंगको कुराकानीमा मर्हजनले नेपाली चेसले प्राबधिक रुपमा फड्को मारेको बताए । नेपाल बुद्धिसंघका महासचिव समेत रहेका मर्हजन ५० को दशकको मध्यमा नेपालमा प्रभावकारी खेलाडीको रुपमा रहेका थिए । ५० कै दशकमा नेपाली चेस पुर्नसगीत अबस्थामा प्रबेश गर्दा मर्हजन खेलाडीको भन्दा ब्यबस्थापकीय रुपमा सक्रिय रहेका हुन् । हाल ललीतपुर जिल्ला खेलकुद विकास समितीका अध्यक्ष समेत रहेका उनी समकालीन नेपाली खेलकुदमा बुद्धीचालको उचाइ र स्थान बढाउन पनि त्यत्तिकै सक्रिय छन् ।
नेपालमा रहेका संघका महासचिव मध्य प्राबीधीक रुपले दक्ष र प्रसासनीक पकड पनि हुनेमा मर्हजन अग्रकोटीमा रहेका छन् ।

Comment