एसियन गेम फन रनको आयोजना


नेपाल ओलम्पिक कमिटीले १२ औ सस्करणको एसियन गेम फन रनको आयोजना गरेको छ । रन ओलम्पिक काउन्सील अफ एसिया र इन्डोनेसिया एसियन गेम २०१८ आयोजक कमिटीको तत्वाबधानमा भएको हो । एसियन गेम र स्वास्थ्यका बारे जागरुप गराउने उद्धेश्यले आयोजना गरेको कार्यक्रम नेपालमा पहिलो पटक भएको हो । ११ औ सस्करण भुटानमा भएको थियो भने १३ औ सस्करण ओमानमा हुने छ ।
ओलम्पिक कमिटीका अध्यक्ष जिवन राम श्रेष्ठले दुइ पटकका एसियाड पदक विजेता समेत रहेका ओलम्पियन दिपक विष्टलाई झण्डा हस्तान्तरण गर्दै रन सरु भएको हो ।

Comment