नेपालको निरन्तर जित

नेपालले बंगलादेशको चिटागोङमा जारी एड्भोकेटेड गुलाम मुस्तफा स्मृति दक्षिण एसियाली खुला टेबलटेनिस च्याम्पियनसिपमा आइतबार दोहोरो जित हात पारेको छ ।
टिम स्पर्धामा नेपालले श्रीलंकालाई ३–२ र माल्दिभ्सलाई ३–० ले पराजित गरेको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ । लगातार तेश्रो जित हात पारेको नेपालले शनिबार बंगलादेशलाई ३–२ ले हराएको थियो । नेपालले सोमबार भारत र भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।
राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, विनेश खनियाँ, प्रदीप रोका र पुरुषोत्तम वज्राचार्यले नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।
Comment