परशुरामलाई जर्मनीमा स्वर्ण

जर्मनीमा सम्पन्न आरावाजा कप कराते प्रतियोगिताको मास्टर्स एकल ब्यक्तिगत कातामा नेपालका परशुराम बास्तोलाले स्वर्ण पदक जितेका छन् । उनले सेमिफाइनलमा इरानी खेलाडीलाई ४–१ ले तथा फाइनलमा जर्मन खेलाडीलाई ३–२ ले पराजित गरे । उनी सिनियर ब्यक्तिगत कातामा भने पदक जित्न असमर्थ रहे । पहिलो बाउटमा युक्रेन तथा दोश्रो बाउटमा अल्जेरियाका खेलाडीलाई ३–२ ले पराजित गरेका उनी सेमिफाइनलमा इटालीका खेलाडीसंग ४–१ ले र रिपाचे बाउटमा जर्मनखेलाडीसंग ३–२ ले पराजित भए ।
यसैगरी ८४ केजी भन्दा माथिको तौल समुहमा प्रतिस्पर्धा गरेका दिगम्बर पन्त पदक बिहिन भए । उनले पहिलो बाउटमा चेक गणतन्त्रका खेलाडीलाई ५–२ ले तथा दोश्रो बाउटमा इटालीका खेलाडीलाई ३–२ ले हराउन सफल भए । सेमिफाइनलमा जर्मन खेलाडीसग ३–२ ले पराजित दिगम्बर रिपाचे बाउटमा पोल्यान्डका खेलाडीसंग ३–२ ले पराजित भएको जर्मनबाट परशुरामले जानकारी दिए ।

Comment